
काठमाडौं । सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न बस्तीहरु डुवानमा परेका छन् ।
बर्षाका कारण खोलाको सतह बढेपछि खोला वरपरका बस्तीहरु पनि डुवानमा परेका छन् । काठमाडौंको बिष्णुमी तथा बागमती नदी छेउछाउका घर र बस्तीहरु जलमग्न भएका छन् । मंगलबार दिउँसो पानी पर्न कम भएपछि सर्वसाधारणहरु घर र पसलको सामानहरु ब्यवस्थापनमा जुटेका छन् ।


काठमाडौंको टेकु,थापाथलीस्थित सुकुम्बासी बस्ती,शंखमूल लगायतका क्षेत्र डुवानमा परेका छन् । त्यसैगरी ललितुिरको च्यासलस्थित फुटबल मैदान र नेकपा एमालेको वार्टी कार्यालय पनि डुवानमा परेका छन् ।
यस्तै भक्तपुरको केही स्थान पनि डुवानमा परेका छन् । अविरल बर्षाका देशका कतिपय राजमार्गमा पहिरोले आवागमन प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस्