२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट


520
Shares

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । २८ अंकले घटेको बजारमा कारोबार पनि दुई अर्ब तलै रह्यो ।

सबै उपसूचक रातो रहेको बजारमा मंगलबार सबैभन्दा बढी जीवन बिमा समूहमा १ सय ९६ अंकले ओरालो लाग्दा निर्जिबन बिमा समूहमा १ सय २५ अंकले गिरावट आयो ।

अरु सबै समूह दोहोरो अंकले घटेका छन् । घटेको बजारमा पनि स्वरोजगार लघुवित्तिय वित्त संस्था र नेपाल रिपब्लीक मिडिया नेटवर्कका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् । २२ कम्पनीको मात्र शेयर मूल्य बढेको बजारमा १ सय ९८ कम्पनीको मूल्य घटेको छ ।

मंगलबार २ सय ६५ कम्पनीको ४८ लाख ६० हजार कित्ता शेयर १ अर्ब ७३ करोड बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।