१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलनको घोषणा


20.397k
Shares

काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

निजी विद्यालयका सञ्चालकले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयलाई शैक्षिक गुठीमा लैजानेबारे एकतफी निर्णय गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

सरकारले निजी विद्यालयका सञ्चालकलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधान नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप लगाएका छन् ।

शिक्षा विधेयक सबैलाई समेट्ने गरि आउनुपर्ने सञ्चालकहरुको माग छ ।