
काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउत (सिके) ले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताउनु भएको छ ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताउनुभएको हो ।
उहाँले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताउनुभयो । उहाँले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध गर्ने बताउनुभयो । उहाँले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गर्नुभयो ।
उहाँले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु नहुने बताउनुभयो । उहाँले परियोजनाहरुको वातावरण परिक्षण मूल्यांकन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताउनुभयो ।
उहाँले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको । सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत उत्पादनको लागि संकटकाल लगाउन आवश्यक नभएको बताउनुभयो । उहाँले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरुले सबै ऐन कानूनहरु खारेज गरेर संकट काल लगाउन तत्काल कुनै जरुरी नभएको बताउनुभयो ।
उहाँले अनावश्यक रुपमा संकटकाल लगाएरै ऐन कानूनहरु उलङघन गरेर जनता माथि डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गर्नुभयो ।
अध्यक्ष राउतले व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नहुने बताउनुभयो । उहाँले जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्