१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कैलालीको भजनी नगरपालिका डुवानमा


312
Shares

काठमाडौं । अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।

बाढीको उच्च जोखिममा रहँदै आएको यो नगरपालिका जलमग्न हुँदा नगरवासी प्रभावित भएका छन् । नगरपालिकाका पुरै नगरपालिकावासी बाढीबाट प्रभावित भएको जनाएको छ ।

हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको र पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ । पीडितहरुलाई हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर राखिएको छ ।

प्रभावितहरुको तथ्याङ्क लिएपछि राहतको काम अघि बढाउने बताइएको छ । मोहना नदीको बाढी नगरपालिका भित्रका कन्द्रा, काँढा, पथरैयालगायतका बस्तीमा पस्ने गरेको छ ।