
प्यूठान । प्यूठानमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ ।
आँखा पाक्ने रोगको संक्रमण बढ्दै जान थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । आँखाको सेतो भाग सुन्निने, पाक्ने, चिलाउने र रातो हुने समस्यालाई लिएर अस्पतालमा दैनिक १ सय भन्दा बढी बिरामी आउने गरेको नरेन्द्र गायत्री आँखा अस्पताल प्यूठानले बताएको छ ।
आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा एडिनो भाइरल कन्जंग्टिवाइटिस भनिन्छ । कतिपयको आँखा सुनिएर हेर्न नमिल्ने समेत हुने गरेको छ । आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका यसका लक्षण देखिन्छ ।
बिरामीको परेला सुन्निने, आखाँमा केही बिझाए जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने अस्पतालकी प्रमखु लक्ष्मी मल्ल ठकुरीले बताउनुभयो ।
रोगको संक्रमण सबैभन्दा धेरै बालबालिका देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्