१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अवरोध हटाउने विषयमा शीर्ष नेताहरुको बैठक जारी


247
Shares

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेताबीत संसदको गतिरोध हटाउने विषयमा छलफल भइरहेको हो । बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ ।

झण्डै एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यसमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको अडान छ । तर सरकारले भने छानबिन समिति बनाउन असहमति जनाउँदै आएको छ ।

एमालेको अवरोधका कारण साउन १० यता राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ । आज पनि १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि दलहरुबीच छलफल भएको हो ।