१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छ’


676
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाउनुभएको छ ।

उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उहाँको जिकिर थियो । बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरेपनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको पटकपटक दोहोर्‍याउनुभयो ।

सांसद दसौदीले राज्यका सुरक्षा निकायको कडा निगरानी राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी क्वीन्टलका क्वीन्टल सुन भित्रिएको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।