१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो


767
Shares

काठमाडौं । डा.चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडाैंको माईतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यवद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताउनुभयो ।

कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरुको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरुको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गर्नुभयो ।