१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतीय गाडीलाई निषेध गर्न लगायतका माग गर्दै ट्याक्सी चालकको प्रदर्शन


1.313k
Shares

काठमाडौं । नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न लगायतका माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।

बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठले रातो प्लेट भएका निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताउनु भयो । उहाँले निजी गाडीले सार्वजनिक सवारीको काम गर्नु यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित भएको बताउनु भयो ।

यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत जिपीएस नम्बर कायम गर्नुपन सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने लगायतका माग राखी बिरोध प्रदर्शन गरेका हुन् ।