
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई समयअनुकुल सुदुढ नबनाई ठूलो र पुरानो पार्टी भनेर मात्रै नहुने बताउनु भएको छ ।
बिहिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले ईतिहासको कुरा मात्रै गरेर नहुने भन्दै कांग्रेसलाई आम नेपालीको मन जित्नेगरी समय अनुकुल अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । उहाँले कांग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार गरेर जनतामा जानु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेता सिंहले कांग्रेसका गतिविधि खर्चिलो हुनथालेको भन्दै त्यसमा पनि सुधार ल्याउनु पर्ने बताउनु भयो । उहाँले पार्टीभित्र मतभेद हुनु स्वभाविक भएपनि एक अर्कोलाई दोष लगाएर कोही पनि नेता बलियो हुन नसक्ने भन्दै सार्वजनिक रुपमा गरिने त्यस्ता टिप्पणीले कसैलाइ हित नहुने समेत बताउनुभयो । कार्यक्रममा कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्दङवेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु पार्टीका तल्लोदेखि माथिल्लो निकायमा रहेका सबैले पालना गरेर अघि बढ्न सके कांग्रेस बलियो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्