१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीको शिवनगरमा बर्षाले भत्काएको बाँध बाँध्न थालियो


390
Shares

सर्लाही । सर्लाहीको शिवनगरमा आजबाट बाँध बाँध्न सुरु गरिएको छ ।

सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल शिवनगरमा गत सोमबारको भारी बर्षापछि लखन्देखी खोलाको बाढी खेत तथा गाउँतर्फ पसेर स्थानीयको बिचल्ली भएपछी बाँध बाँध्न शुरु गरिेएको हो । यस अघिको बाँध बाढीले बगाएपछी थप बिनास निम्तन सक्ने भन्दै नेपाली सेनाले बाँध कस्न शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाँध बाध्न नेपालीी सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाँध बाँध्न थालिएको हो । कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमारले बाँध बाँध्नका लागि आवश्यक सामग्री जोरजाम गरी बाँध बाँधिएको बताउनुभयो । हालैको बर्षाले बाढी पस्दा शिवनगरमा सयौँ बिगाहमा लगाइएको धान खेतमा क्षति पराएपछि चन्तित स्थानीय किसान बाँध बाँध्ने अभियानमा जुटेका हुन् ।