१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाकामा अवैध सामान नियन्त्रणमा चुनौती


1.053k
Shares

परासी । नवलपरासीको सीमा नाकाबाट हरेक दिन भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् ।

सबैभन्दा बढी जिल्लाको भूजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गर्छन् । तस्करीको ट्रान्जिट प्वान्टकै रुपमा चिनिने यी नाकाबाट तस्करीको कार्य रोकिएका छैनन् ।

सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन् । तस्करी कार्यलाई रोक्न भन्दै सवारी साधन र पैदल गस्तीलाई समेत बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाउँदै आएका छ । तथ्यांकलाई हेर्दा तस्करीका सामान बरामद गर्नेमा प्रहरीका यी दुवै संगठनको सक्रियता कमजोर देखिएको छ । यी दुई संगठनको तुलनामा भन्सार कार्यालय झनै कमजोर हुदै गइरहेको छ ।

जिल्लामा राजश्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालय गरी चार निकायले अवैध सामान बरामद गर्दै आएका छन् ।