२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनिल शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौं : रमेश लेखक


1.391k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताउनुभएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संसद चलिरहेको बेलामा कुनैपनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताउनुभयो । उहाँले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइएपनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै काँग्रेसले आफ्नो धारणा बनाउने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरु तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताउनुभयो । कार्यसमितिको बैठक बस्यो । संसद कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी काार्यन्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधिन विधेयक संसदमा ल्याउने कुरामा शुक्रबार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताउनुभयो । कांग्रेस सदनको अवरोध चाँडो भन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।