
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरलाई शुक्रबारदेखि उडान भर्न रोक लगाएको छ ।
चार वटा हेलिकप्टर मार्फत उडान भर्दै आएको स्रिमक एअरले प्राधिकरणलाई तिर्नुपर्ने रकम नतिरेका कारण उडानमा रोक लगाइएको हो ।
सिम्रिकले विमानस्थल सेवा शुल्क बापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
पटक पटक बक्यौता रकम तिर्न ताकेता गर्दा अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्