१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ


1.82k
Shares

काठमाडौं । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हाे । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

यसैबीच, सीआइबीले नक्कली सर्टिफिकेटधारी थप दुई जना डाक्टरलाई पनि शुक्रबार बिहान पक्राउ गरेको छ ।

शुक्रबार पक्राउ पर्नेमा काठमाडौंको बसुन्धरास्थित इशान बाल अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार र मोरङबाट मनित चौधरी नाम गरेका डाक्टर पक्राउ परेका हुन् ।

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ पर्नेको संख्या भने सात पुगेको छ ।