२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियाको राजापुरमा मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै


468
Shares

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् ।

यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो । नगरपालिकाले बलियो घर भवन निर्माणका लागि मापदण्ड बनाए पनि यसलाई कसैले वास्ता गरेको पाइँदैन ।

पछिल्लो समय राजापुर नगरपालिकामा भवन निमार्ण कार्य तीव्र रुपमा भइरहेका छन् । नगरपालिकाले भौतिक योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७९ व्यवस्था गरेको छ । ऐनमा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्ने अनुमति नलिइ कसैलेपनि भवन निर्माण गर्न हुदैन भन्ने व्यवस्था छ । तर अझै पनी मापदण्ड विपरित घरहरु निर्माण हुँदा जोखिम बढ्दै गएको छ । खासमा भवन निर्माणका लागी नगरको मापदण्ड अनुसार घर निर्माण गर्दा बलियो टिकाउ र भुकम्प प्रतिरोधी हुन्छ ।

घर निर्माण गर्दा नगरपलिकाको मापदण्ड अनुरुप बनाउनु पर्छ भन्ने कुराको जानकारी नपाएको भन्दै आफुले अभिलेखीकरण गराएको र पालिकाले नक्सापासका लागि व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनुहुन्छ राजापुर नगरपालिका ४ का रेवति रमण आचार्य ।

नगरपालिकाले वडा कार्यलय मार्फत स्थानीय स्तरमा अनिवार्य भवन निर्माण मापदण्ड लागु गराउनुपर्ने बताउनु हुन्छ राजापुर -७ का बिष्णु वहादुर बम । घर निर्माण गर्दै गरेका बमले आफुले नक्सा पास नै नगरि घर निर्माण गरेको बताउनुभयो । अहिलेसम्म आफूलाई केहि जानकारी नभएको भन्दै यसमा नगरपालिकाले प्रचार्रसार गर्नु पर्ने बताउनुभयो । नगरपालिकाले मापदण्ड बनाएपनी सोचे अनुरुप नक्सा पास गर्न आउनेहरु नगन्य मात्रामा आएको भन्दै समुदाय स्तरमा व्यापक प्रचार प्रसारको खाँचो औल्याउनु हुन्छ । राजापुर नगरपालिकाका प्राबिधिक खेमराज चौधरीले नक्सापास नगरी र मापदण्डबिपरित घर भवन निर्माण भई रहेको पनि बताउनभयो ।

राजापुर नगरपालिका विपदका दृष्टीले अत्यन्तै जोखिम क्षेत्र भएकाले बिल्डीङ्ग कोट लागुगर्दै भवन निर्माण शाखाको बिस्तार गरि अनलाईन बाटै घर नक्सा पास गर्ने व्यवस्था मिलाइने बताउनुहुन्छ राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु भविष्यमा राजापुर क्षेत्रलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा स्थानिय सरकारले यहाँका नागरिकलाई सु–सुचित गराउनु पर्दछ । नदी तटीय क्षेत्रको बस्ती भएकाले बाढीजन्य विपद र भुकम्पवाट हुन सक्ने सम्भावित क्षतिलाई रोक्न स्थानिय सरकार, सरोकारवाला निकाय, संघ-संस्था र नागरिक सवैको उत्तीकै जिम्मेवारी हो ।