२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

संसद अवरुद्ध हुँदा जनताको आवाज भन्द भयो : सांसद बेल्वासे


104
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगा कुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्बासेले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको आवाजहरु बोल्ने सांसदहरुको आवाज बन्द भएको बताउनुभएको हो ।

उहाँले संसद अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको बताउनुभयो । उहाँले सांसदहरुको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भुमिका खेलेको बताउनुभयो । संसद अवरुद्ध हुँदा जनताका आवश्यकताहरुको सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रतिपक्षलाई बिरोधको तरिका बदल्न आग्रह गर्नुभयो ।

सांसद बेल्वासेले डेंगु संक्रमणले भयावह रुप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गर्नुभयो ।