२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


शुक्रबार पनि एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठकमा अवरोध, सत्तापक्षका सांसदले गरे विरोध


1.469k
Shares

काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अवरोध गरेका छन् ।

सुन प्रकरणमा छानविनको माग गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।

एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा बैठक अवरोध गर्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ । उच्चस्तरीय समितिको माग गर्दै दुई सातादेखि संसद बैठक चल्न नदिँदा संसदमा आम जनताका जल्दाबल्दा समस्याका विषयमा छलफल हुन सकेको छैन ।

सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुुसन्धानको प्रक्रिया अघि बढाइसकेको अवस्थामा सरकार उच्च स्तरीय समिति बनाउन तयार देखिएको छैन भने एमाले समिति बनाउनै पर्ने अडानमा छ । एमालेले आफ्ना माग राखेर राष्ट्रिय र प्रतिनिधि सभाको बैठक प्रभावित बनाउदै आएको छ । समसामयिक बिषयमा सांसदहरुले बोलिसकेपछि एमालेले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको हो । समसामासयिक विषयमा धारणा राख्नेक्रम सकिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद लिमिल्सिनाले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरु उभिएर बिरोध जनाएका थिए । अध्यक्षले बिरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरेका थिए । दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो ।

सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको अर्काे बैठक साउन ३१ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको छ ।