१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


१५ लाख नक्कली नोट बरामद


1.794k
Shares

काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापामारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र ४ स्कुटरसमेत बरामद गरेको छ । प्रहरी टोलीले रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । उनीहरू नक्कली नोट कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।