१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपाले संसद अवरुद्ध भएको दिनेको सेवा सुविधा नलिने


442
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताउनुभयो ।

सभापति लामिछानेले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताउनुभयो ।

सभापति लामिछानेले सुन प्रकरणबारे आफूले गरेको संकेतलाई केलाएर हेर्ने हो भने नयाँ तथ्यहरु फेला पर्ने बताउनुभयो ।