१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रमुख प्रतिपक्षको आवाज दवाउन सत्तापक्षले संसद विरोध गर्‍यो : सांसद पन्त


260
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दवाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पन्तले यस्तो बताउनुभएको हो । उहाँले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताउनुभयो । सांसद पन्तले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरित भएको जिकिर गर्नुभयो ।

सांसद पन्तले सिआईबी र राजस्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गर्नुभयो ।