१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ


7.54k
Shares

काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एवं वष्ठि प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट गरी एक हजार दरका ती नक्कली नोट बरामद गरिएको थियो ।

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट ती नक्कली नोट बरामद गरिएको थियो । नक्कली नोटको कारोबारमा संलग्न हुनेहरुमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।