
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताउनुभयो ।
मन्त्री भुसालले तराई मधेशमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्याएको क्षतीले थप समस्या बनाएको बताउनुभयो । उहाँले बाढीले किसानहरुलाई पुर्याएको क्षतीको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताउनुभयो । मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताउनुभयो ।
मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताउनुभयो ।
मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताउनु भयो । उहाँले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताउनुभयो । उहाँले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताउनुभयो ।
मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनैपनि प्रकारले समस्या नआएको बताउनुभयो । उहाँले पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशिलतामा कमी नआउने बताउनुभयो । उहाँले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरु बढेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्