२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौं : प्रधानमन्त्री दाहाल


2.444k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले नक्कली शिक्षा ऐन मन्त्रिपरिषद्मा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौति सामना गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले नयाँ संकल्पसहित नयाँ प्रतिवद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताउनुभयो ।