२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेस संसदीय दलको बैठक जारी


429
Shares

काठमाडौं । निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक जारी छ ।

बैठकमा संसद अवरोधको सम्बन्धमा छलफल हुने एजेण्डा रहेको छ । सोही एजेण्डामा आधारित भएर सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

त्यसैगरी बैठकमा संसदमा विचाराधिन र प्रश्तुत हुनुपर्ने आवश्यक विधेयक, आ.व.२०८०/८१को बजेटको प्रभावकारी कार्यान्वयन र संसदमा कांग्रेसको प्रभावकारी भुमिकाको विषयलाई पनि एजेण्डा बनाइएको छ । सो विषयहरुमा पनि सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा बाढी, पहिरोले देशभरमा गरेको धनजनको क्षतिको राहत, उद्दार तथा पुनःस्थापना, पशु चौपायामा लागेको लम्पिस्किन रोगको रोकथाम र किसानलाई राहत, डेंगु, एडिनो भाइरस कन्जन्टिभाइटिस(आँखा पाक्ने रोग)को रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ । त्यसैगरी महंगि, प्रभावकारी सेवा प्रवाह र सुशासनको विषयलाई पनि छलफलको विषय बनाइएको छ ।

बैठकमा बोल्ने सांसदहरुले बिहीबार पक्राउ परेका कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको विषयमा पनि जिज्ञासा राखिरहेका छन् ।