
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा रहेका विभिन्न खेलका प्रशिक्षकसहित उपत्यकाको तीन जिल्लाका कर्मचारीले आफूहरूको बढुवा प्रक्रिया रोकिएको भन्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेका छन् ।
तीन जिल्लाका कर्मचारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रबार कोणसभा आयोजना गर्दै आन्दोलन सुरु गरेका हुन् ।
देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिव आठ सयभन्दा बढी कर्मचारी नेपाली खेलकुदमा कार्यरत छन् । तीमध्ये करिब ४ सय जनाको पछिल्ला समय बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । यद्यपि, बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याइरहेको राखेपका कर्मचारीको आरोप छ ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार राखेपका तीन जिल्लामा रहेका प्राविधिक र प्रशासनीक कर्मचारीले कोणसभा आयोजना गर्दै पहिलो चरणको आन्दोलन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्