२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा भरुवा बन्दुक पट्किँदा एक जनाको मृत्यु


572
Shares

अर्घाखाँची । अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका–७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आफैले बोकेको बन्दुक पड्किएर गम्भीर घाइते केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।