
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले संसदमा आवेगमा संसद अवरुद्ध गरेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार पुरुष-परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद सुचारु हुने बताउनुभयो ।
महामन्त्री शर्माले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउनुभयो । उहाँले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताउनुभयो ।
महामन्त्री शर्माले प्रतिपक्षले पनि सत्ताले लगाउँदै गरेको जुत्तामा कहाँ दुखि छ भन्ने राम्रोसँग बुझेको बताउनुभयो । उहाँले प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्न छाडेर डिफेन्समात्रै गरेर जाने कुरा वस्तुगत नभएको बताउनुभयो । उहाँले नेपाली समाजमा हीत र अहीतलाई बुझ्ने विवेक भएपनि विवेकलाई भन्दा आवेगलाई बढी प्राथमिकता दिने गरेको बताउनुभयो ।
महामन्त्री शर्माले गठबन्धनमा हुँदा राम्रो देख्ने र गठबन्धनमा नहुँदा नराम्रो देख्ने प्रवृत्ति राम्रो नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्