
कैलाली । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी अत्तरियाले बुढीतोलाबाट रोकीएका सवारी साधन गन्तब्यतिर लागेको जनाएको छ ।
जिल्लाको गोदावरी नगरपालिका बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जमिन मुनी पानी भएकाले सडकमा समेत हिलोे भएको प्रहरीले जनाएको छ ।
हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्