६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ललिता जग्गा प्रकरण छानबिनका लागि सघाउन तयार छु : डा.भट्टराई


689
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफू सघाउन तयार रहेको बताउनु भएको छ ।

पार्टीले सञ्चालन गरेको अभियानका क्रममा सुर्खेत पुग्नु भएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा ललिता निवास जग्गा प्रकरणमा आफू छानबिनका तयार रहेको बताउनुभएको हो ।

लतिला निवासको जग्गा प्रकरणमा त्यो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए त्रुटी भएको भए आफू त्यसका लागि तयार नै रहेको उहाँको भनाइ छ । शासकीय स्वरुप बदल्नु पर्ने अवस्था आइपुगेको भन्दै उहाँले प्रत्यक्ष प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो ।

कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने उहाँको दावी छ । देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलीय व्यवस्थादेखि काण्ड घट्ने गरेको अहिले पनि शक्ति हुँदा काण्ड हुने गरेको त्यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनु पर्नेमा भट्टराईको जोड छ ।