
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ ।
गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा भेटिएको हो ।
रेशिकाले श्रीमान राजकुमार श्रेष्ठसँगै श्रीकृष्ण माध्यमिक विद्यालय डाँडागाउँको क्यान्टिन सञ्चालन गर्दै आएकी थिइन । क्यान्टिन सञ्चालन गर्दै आएकी श्रेष्ठ पसलबाटै हराएको भन्दै श्रीमान राजकुमारले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले खोजी गरिरहेकै समयमा यही साउन २४ गते बिहानैदेखि श्रीमान राजकुमार पनि सम्पर्कविहीन भएका थिए । प्रहरी, स्थानीय र माइती पक्षले खोजी गर्दा उनको शव खोरभित्र गाडेको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्