
अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्र सरकारले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ ।
प्रेस युनियन अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा राखेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
जबसम्म अधिकारबाट बञ्चित गराइन्छ तबसम्म हरेक गतिविधिमा असर पर्ने उहाँको भनाइ छ । भ्रष्टाचारमा समावेश जो कोहीलाई पनि कारवाही हुनु पर्छ भन्दै सभापति पुनले सुन काण्ड, ललिता निवास प्रकरण जस्ता विषयमा अनुसन्धानमा कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताउनुभयो ।
कांग्रेसको संगठन सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने अभियान पनि सुरु गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्