
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौ १ देखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ ।
उपप्रमुख नेतृत्वको अनुगमन समितिले साउनभित्र अनुगमनको सूचक तयार पार्ने, सूचना र विवरण संकलन गर्ने तगा कामको खाका तयार पारेर भदौदेखि अनुगमन गर्ने तयारी गरेको हो ।
अनुगमनको कार्यविधि बनाउन गठन भएको कार्यदलले काम गरिरहेको बताइएको छ । चाडवाडहरु नजिकिंदै गर्दा महानगरपालिकाले बजार अनुगमनलाई व्यवस्थित रुपमा परिचालन गर्ने तयारी गरेको हो ।
महानगरपालिकाले यस वर्षको बजेटैमै ‘स्वच्छ भान्छा’ कार्यक्रम अन्तर्गत बजार अनुगमनलगायतका कामका लागि तीन करोड ५० लाख विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्