
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ ।
सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो । आइतबार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरेपनि सरकारलाई जेपनि गर्न भने नदिने चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले निर्माण व्यवसायीहरुलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । अपm्ठयारोमा परेका निर्माण व्यवसायीहरुलाई वार्ताद्वारा उनीहरुको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरुलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उहाँले सरकारले नागरिकका कुनैपनि समस्याको सुनुवाई समेत नगरेको गुनासो गर्नुभयो ।
अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहोर्याउनुभयो । संसद अवरोध हुन नहुने भएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो । ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्