
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालबस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ ।
स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालबस्तुको स्वयंंम घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाएर सजिलै लैजान पाउने छन् ।
विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार जाँच एक्सरे मेशिनमा पुग्नुअगावै स्वयं घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुनका गरगहना, विदेशी मुद्रा, टीभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारवाहीको भागिदार हुने कार्यालयले जनाएको छ ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना,मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।
यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्