१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्याङ्जाका ५ नगरपालिकाका विद्यालय बन्द


3.757k
Shares

स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ ।

सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् ।

केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि गल्याङ्, वालिङ्, भीरकोट, चापाकोट, पुतलीबजार नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

ग्रामिण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ ।