२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खाद्यका कर्मचारी सेवा सुविधाप्रति असन्तुष्ट


221
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीहरु सेवा सुविधा लगायतका विषयमा सरकारसँग असन्तुष्ट देखिएका छन् ।

आइतबार कम्पनीको चौथो वार्षिकोत्सव कार्यक्रमा बोल्दै कम्पनीका कर्मचारीहरुले सरकारले दिँदै आएका सेवा सुविधा समेत कटौति गरेको भन्दै असन्तुष्ट रहेको बताएका छन् । उनीहरुले कम्पनीमा कर्मचारीहरुको बीमाको विषयमा सरकारले कर्मचारीहरुलाई मर्का पर्नेगरी निर्णय गरेको भन्दै सच्याउन आवश्यक रहेको बताए ।

उनीहरुले सरकारले खाद्यन्न लगायतका वस्तुहरुको बजार मूल्य भन्दा बढी मूल्य तोक्ने त्यो मूल्य भन्द कममा खरिद गर्दा राज्यले रकम अहिलेसम्म नदिएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारी युनियनका अध्यक्ष घनश्याम अर्यालले सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई मूल्य तोकेर धान किन भन्ने तर सरकारले बजार मूल्य भन्दा बढी मूल्य तोक्ने गरेको बताउनुभयो ।

अध्यक्ष अर्यालले बजार मूल्य र सरकारले मूल्य तोकेको वस्तु धेरै फरक छ भन्दा फरक परेको रकम राज्यले लिने भनेपनि अहिलेसम्म नदिएको बताउनुभयो । उहाँले कम्पनीले राज्यको निर्देशन मान्नेर वस्तु खरिद गरेको रकम सरकारले बजेटमार्फत घोषणा गरे पनि कार्यान्वयन नभएको बताउनुभयो ।

अध्यक्ष अर्यालले सरकारले चाडपर्व लक्षित कार्यक्रममा छुट दिनु भन्ने तर छुट दिँदा घाटा हुने रकम सरकारले दिन आनाकानी गर्ने गरेको बताउनुभयो । उहाँले सरकारले त्यस्तो दिन पर्ने रकम करिब डेढ अर्ब रुपैयाँ पुगेको बताउनुभयो ।

अध्यक्ष अर्यालले कम्पनीलाई सरकारले दिने रकम नचाहिने तर कम्पनीको प्रशासन खर्च र व्यापारीक खर्च राज्यले व्यहोर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले राज्यको सम्पति जोगाउनु पर्छ भन्ने मनाशायबाट कम्पनीलाई नहेरेको आरोप लगाउनुभयो । उहाँले कम्पनी ऐनमा भएको व्यवस्था अनुसार कम्पनीको प्रत्येक वर्ष साधरण सभा गर्नुपर्ने भएपनि ५ वर्षसम्म साधरण सभा नहुनु सञ्चालक समितिको कमजोरी रहेको बताउनुभयो । उहाँले कम्पनीमा खाद्यन्नको न्युनतम मौज्दात पनि नभएको भन्दै सरकारले गम्भिरतापूर्वक लिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उद्योग वािण्ज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आफू कम्पनीको अध्यक्ष भएर आएपछि रोकिएको कर्मचारीको वृद्धि विकास वृद्धि गराउने काम भइरहेको बताउनुभयो । उहाँले रोकिएको कर्मचारीको बढुवा भइरहेको बताउनुभयो ।

सचिव मरासिनीले कम्पनीका कर्मचारीहरुको स्थिरतालाई कम्पनीको सर्भिस डेलिभरीमा लगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्मचारी युनियनका सदस्यहरुले कम्पनीको साधरण सभा नभएको गुनसो गरेको भन्दै साधरण सभा हुनको लागि कम्पनी अडिट गराउन आग्रह गर्नुभयो । सचिव मरासिनीले कम्पनी अडिट गराउने दायित्व कर्मचारीहरुको भएको भन्दै सञ्चालक समितिले अडिट गराउन नसक्ने बताउनु भयो। उहाँले कर्मचारीहरुले भाषण मात्रै नभएर कम्पनी अडिट गराएर ल्याए साधरण सभा तत्काल गराउने बताउनुभयो ।

सचिव मरासिनीले कम्पनीको कार्यकारी निर्देशकलाई कम्पनी ऐनले तोकेको अवधिमा कम्पनी अडिट गराउन निर्देशन दिनुभयो । उहाँले सरकारले धानको न्युनतम मूल्य तोकेको भन्दै खाद्यन्न आउने सिजनको अवधिमा नै खरिद गर्न आग्रह गर्नुभयो । उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनी सरकारको भएको भन्दै सरकारले भनेको काम गर्न दुविधा नगर्न आग्रह गर्नुभयो । उहाँले राजस्व संकलन कम भएकाले सरकारको अवस्था आर्थिक मन्दीमा रहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा कम्पनीको लक्ष्य निर्धारण भन्दा पनि भत्ता भएन भन्नु उचित नभएको बताउनुभयो ।