१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा


273
Shares

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आइतबार दिउँसो देखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । आइतबार करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको खाँणले बताउनुभयो ।