
काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा आएका दुई अपरिचित व्यक्तिले शनिबार मोबिल फ्याँकेका थिए ।
आफ्नो पूर्वाग्रही कोही नभएको,आफु त्यहाँ केन्द्रीय प्रतिनिधिको हिसाबले काम गर्न गएको तर जिम्मेवारी सम्पन्न भएपश्चात खाना खान बस्दा पछाडिबाट मोबिल प्रहार भएको पाठकको भनाई छ ।
सबै साथीहरुसँग कुरा गरेर प्रहरीमा उजुरी गरेको जानकारी दिँदै पाठकले छिट्टै दोषी पक्राउ होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो ।
पाठकमाथी दुर्व्यवहार भएको भन्दै क्यानले विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्