१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसदमा बोल्न नदिए पार्टीभित्र बिद्रोह गर्छु : सुनिल शर्मा


923
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै बिद्रोह गर्ने चेतावनी दिनुभएको छ ।

सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए बिद्रोह गर्ने धारणा राखेको जानकारी गराउनुभएको हो । आइतबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उहाँले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले बिद्रोहीको रुपमा संसदमा बोल्नुपरेको खुलासा समेत गर्नुभयो ।

सांसद शर्माले सरकारलाई आतंककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सांसद शर्माले आफूलाई सरकारले गैरकानूनी ढंगले थुनेकाले त्यसको विरोधमा उत्रनुपर्ने अवस्था आएको पनि दोहोर्‍याउनुभयो ।