७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘सुन तस्करीलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री’


1.924k
Shares

काठमाडौं । सरकारले गत बिहीबार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशमा छाडिएका कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीको विषयमा बोलेकै कारण सरकारले पूर्वाग्रही भएर गिरफ्तार गरेको शीर्ष नेताहरूको आरोप छ ।

सरकार साझेदार दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनील शर्मालाई सरकारले जाली मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउनुभएको हो ।

सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले सदनबाट सुन तस्करीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने सांसदलाई छापामार शैलीमा सभामुखलाई समेत जानकारी नै नगराई पक्राउ गरेर सुन तस्करीको विषयलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री र गृहमन्त्री लागेको आरोप पनि लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेस सांसद शर्माको पक्षमा बोल्दै भन्नुभयो– ‘सुनील शर्माको सर्टिफिकेटको बारेमा मलाई थाहा छैन । म त्यसको जाँचकी पनि होइन, एमालेले छानबिन नगर भनेको होइन । तर, २५ वर्षअघिको कुरा लिएर एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाएर जननिर्वाचित सांसदलाई सभामुखको बिनाजानकारी गिरफ्तार गर्ने विषयलाई एमालेले गम्भीर रूपमा लिएको छ । यतिबेला छानबिन गर्ने विषय यो होइन ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।