
काठमाडौं । जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ सोमबार हुने भएको छ ।
साहको आइतबार नै शपथ हुने तयारी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्कन ढिला हुँदा सपथ सोमबारका लागि सरेको हो । राष्ट्रपति कार्यालयका अनुसार सोमबार बिहान १० बजेका लागि सपथको समयत तय भएको छ ।
साहलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्