
एजेन्सी । इरानको एक प्रमुख धार्मिक स्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको फारस सुबे शहरको शाह चिरागस्थित शिया समुदायको धार्मिक स्थलमा प्रवेश गरेका बन्दुकधारीले प्राथना गरिरहेकाहरु माथि गोली प्रहार गरेका हुन् ।
बन्दुकधारीलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएको छ । यसअघि इरानको धार्मिक स्थलमा हुने आक्रमणमा इरानको इस्लामिक स्टेट आइएसका सुन्नी चरमपंथीहरुको हात रहने गरेकोमा यो घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
शाह चिराग इरानको पाँच धार्मिकस्थल मध्ये एक हो । यही धार्मिकस्थलमा सन् २०२२ को अक्टोबरमा भएको बम हमलामा १३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्