३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध


1.794k
Shares

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस किलो भन्ने स्थानमा आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भईरहेकोमा पहिरोसँगै सडकमा ढलेका रुख तथा ढुंगा पन्छाउन समय लागेको दोभान प्रहरी चौकीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, पोखरा, बाग्लुङ लगायतका गन्तव्यमा जाने आउने यातायात बाटोमै रोकिएका छन् ।