५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै


195
Shares

सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ ।

सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ ।

नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गराउन थालेपछि स्थानीयले समस्याको दिगो समाधानका लागि सरकारी निकायसँग अनुरोध गरेका छन् ।

कमला नदीले २०४० सालदेखि नै कमलाखोच क्षेत्रको उर्वरभुमिको कटान गर्दै आएको छ ।