१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आज साउनको अन्तीम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो


520
Shares

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार ।

आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । सनातन हिन्दू धर्मावलम्बीले आज भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ । यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेका थिए । साउनमा पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रीय मान्यता छ ।

साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।

पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको छ ।