२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपाली महिला टीमले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने


403
Shares

काठमाडौं । महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै, समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् । एसिया छनोटका लागि क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

रुवी पोदार, खुसी डंगोल र पूजा महतो पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।