
काठमाडाैं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ ।
चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्नचिन्ह खडा गर्दै संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो ।
सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको गतल विवरण सीआइबीलाई उपलब्ध गराउनु र सरोकार नभएको चिकित्सकलाई नक्कली बनाएर समाजमा त्रसित वातावरण सिर्जना गरिरहेको आरोप लगाएको छ ।
सीआइबीले केही दिनअघि डा.सञ्जीव शाहलाई पक्राउ गरी मानसिक तनाव दिएको,मानमर्दन गरेको र न्युनतम मानव अधिकारको पनि ख्याल नगरेको भन्दै चिकित्सक संघले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्