
काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ ।
कृषा चौलागाईंद्वारा निर्देशित यो चलचित्रको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताउनुभयो । उहाँले आफू पनि चलचित्रमा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताउनुभयो ।
चलचित्रका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया दिनुहोस्